आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सन्नी देओलमाथि दुई करोडको ठगीको आरोप : फिल्म निर्माताले भने – सन्नीले धेरै सम्पत्ति जोडे तर पैसा तिर्न बिर्से

बिहीबार, १४ भदौ २०८०, १५ : १३
बिहीबार, १४ भदौ २०८०

बलिउडका चर्चित फिल्ममेकर सुनिल दर्शनले सन्नी देओलमाथि २ करोड भारतीय रुपैयाँ ठगी गरेको आरोप लगाएका छन् । सुनिल विगत २७ वर्षदेखि यसका लागि मुद्दा लड्दै आएका छन् । सन् १९९६ को कुरा हो, सन्नी अन्तर्राष्ट्रिय फिल्म वितरण कम्पनी खोल्न चाहन्थे ।

यसका लागि उनलाई सुनिल दर्शनले सहयोग गरे । समय बित्दै गयो तर सन्नीले त्यो पैसा फिर्ता गरेनन् ।  सन्नीले आफ्ना लागि धेरै सम्पत्ति जोडेको तर अरूको पैसा तिर्न भने बिर्सिएको सुनिलले आरोप लगाए । 

सुनिल दर्शनले यस विषयमा दैनिक भास्करसँग कुराकानी गरेका छन् ।

सन्नी वितरण कम्पनी खोल्न चाहन्थे

घटना सुनाउँदै सुनिलले भने– सन् १९९६ मा जब फिल्म ‘अजय’ को सुटिङ सकिन लागेको थियो, सन्नी देओलले मलाई उनको जन्मदिनमा एउटा आग्रह गरे । त्यति बेला उनी अन्तर्राष्ट्रिय फिल्म वितरण कम्पनी खोल्ने चाहन्थे । उनले मसँग फिल्म ‘अजय’ का विदेश वितरण अधिकार मागे ।

‘उनले मलाई पूर्ण रूपमा भुक्तानी गर्ने आश्वासन दिए । फिल्म सकियो र केही दिनपछि सन्नीले पैसाको बन्दोबस्त गर्न आफू लन्डन जान लागेको बताए । पैसा पाउने बित्तिकै उनले मबाट फिल्मको प्रिन्ट किन्ने पनि बताए । उसले मसँग दर्ताका लागि केही कागजहरू मागे।  मैले उनलाई विश्वास गरे र ती कागजातहरूमा हस्ताक्षर गरेँ,’ उनले भने ।

‘उनको मान्छे प्रिन्ट लिन आए तर भुक्तानी भने लिएर आएनन् । म छक्क परेँ । सन्नीले फोनमा कुरा गर्दै लन्डनमा क्रिसमसको छुट्टीका कारण बैङ्क बन्द भएकोले पैसाको बन्दोबस्त हुन नसकेको बताए । मैले उनीमाथि विश्वास गरेर प्रिन्ट दिएँ । त्यसपछि सन्नीको वास्तविक अनुहार देखिन सुरु भयो ।’

सन्नीले व्यक्तिगत समस्या देखाएर पैसा दिन नसक्ने बताए 

सुनिलले थप भने, ‘मैले धेरै महिनासम्म सन्नीसँग पैसा मागिरहेँ । कहिले हैदरावाद र कहिले जयपुर बोलाउँथे । उनले मुम्बईको फिल्म सिटीमा आफ्नो एउटा फिल्मको सुटिङ गरिरहेका थिए । म हरेक दिन उनको सेटमा जान्थेँ तर उनी त्यहाँ पनि टाढै बस्थे । उनी जयपुर गए, उनले आफ्नो व्यक्तिगत समस्याको कारण पैसा तिर्न अस्वीकार गरे ।

त्यसपछि एक दिन उनले मसँग कुरा गरे । सन्नीले आफू एउटा फिल्मको सुटिङ गरिरहेको र निर्माणमा मेरो सहयोगको चाहिएको बताए । यो फिल्म सकिएपछि उनले मसँग एउटा फिल्ममा बनाउने र यसमा पैसा मिलान हुने बताए । 

मैले उनीसँग दुई वटा फिल्म गरेँ, त्यसैले यो कुरामा पनि मैले विश्वास गरेँ । ६ महिना बितिसक्दा पनि उनी फर्किएनन् । न फिल्म बन्यो न पैसा तिरे । 

सन्नी पहिलो दिनदेखि नै पैसा फिर्ता गर्न चाहँदैनथे

सुनिल दर्शनले करिब चार वर्षसम्म सन्नीको पछि दौडिरहेको बताए । यस क्रममा सन्नीका केही फिल्म फ्लप भए भने केही हिट पनि भए । सुनिलले भने– ममाथि गलत भइरहेको थियो, त्यसैले आफ्नो अधिकारका लागि अदालत गएँ ।

‘सन्नीले अदालतमा आफूसँग फिर्ता गर्ने पैसा नभएकाले मसँग फिल्म गर्ने कुरा गरे । तर, उसले मलाई फेरि मूर्ख बनाए । कहिले कथा परिवर्तनको माग गर्थे त कहिले व्यस्तताको बहाना बनाउँथे । समग्रमा, पहिलो दिनदेखि उनको मेरो पैसा फिर्ता गर्ने कुनै मनसाय थिएन ,’ उनले भने । 

२७ वर्षदेखि म मेरो पैसाको लागि अदालतको चक्कर लगाइरहेको छु 

सुनिल दर्शन भन्छन् – २७ वर्ष भइसक्यो, म अझै पनि पैसाको लागि अदालतको चक्कर लगाइरहेको छु । मैले धेरै प्रयास गरेँ यो मामिला सुल्झाउने तर यो मान्छेले अदालतको फैसला पनि मानिरहेका छैनन्  । पैसा दिने उनको मनसाय छैन ।

‘हाम्रो स्थापित रकम एक करोड ७७ लाख २५ हजार भारतीय रुपैयाँ छ । सन्नी आफैँले धेरै सम्पत्ति कमाए तर मानिसहरूको पैसा फिर्ता दिन भने बिर्सिन्छन् । यद्यपि, मलाई कानुनमा विश्वास छ र आशा छ कि मैले मेरो पैसा पक्कै पाउनेछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप