आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्र : तीन महिनाभित्र आईसीटी फोरम वडा तहमा विस्तार गर्न परिपत्र

शुक्रबार, १५ भदौ २०८०, १३ : २७
शुक्रबार, १५ भदौ २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट जनवर्गीय संगठन आइसीटी फोरमलाई तीन महिनाभित्र वडातहसम्म विस्तार गरिने भएको छ । आइसीटी फोरम कार्यसमितिले गरेको निर्णयसहित तीन महिनाभित्र केन्द्रीय समितिदेखि वडा समिति तथा जनवर्गीय संगठनका  सबै तहसम्म आइसीटी फोरम विस्तार गर्ने गरी परिपत्र जारी गरेको हो ।

सूचना र प्रविधि क्षेत्रमा विपक्षी दलहरूको तुलनामा माओवादी केन्द्र रक्षात्मक रहेको निष्कर्ष निकाल्दै विपक्षीबाट हुने अनर्गल प्रचारको प्रतिबाद गर्ने गरी अध्यक्ष प्रचण्डले भदौ १० गते आइसीटी फोरम घोषणा गरेका थिए । ४१ सदस्यीय कार्यसमितिमा अहिले २९ जनामात्र छन् ।

राष्ट्रिय सम्मेलनबाट पदाधिकारीसहित कार्यसमिति गठन गर्ने अध्यक्ष गोविन्द आचार्यले जारी गरेको परिपत्रमा उल्लेख छ ।

कसरी हुन्छ कार्यसमिति गठन ? 

१. राष्ट्रिय सम्मेलनका प्रनिनिधिहरुबाट निर्वाचित देहाय बमोजिमका पदाधिकारीहरु रहने ४१ सदस्यीय एक कार्य समिति गठन गरिने छ ।

अध्यक्ष–१, उपाध्यक्ष–७ (सात प्रदेशवाट एक एक जनाका दरले), महासचिव–१, सचिव–३ (एक महिला र एक समावेशी अनिवार्य) र कोषाध्यक्ष–१ लाई कार्य समितिले चयन गर्ने छ । कार्य समितिले ३ः१ को अनुपातमा सचिवालय गठन गर्न सक्ने छ ।

२. कार्य समितिको कार्यकाल ४ (चार) वर्षको हुने छ ।

३. राष्ट्रिय सम्मेलन नहुँदासम्म संस्थापकहरुले आयोजक समितिको भूमिका खेल्नेछन् ।

४. कार्य समितिको बैठक आवश्यकता अनुसार अध्यक्षले बोलाउने छ । तर कार्य समितिको

पदाधिकारीहरुको जम्मा संख्याको ५१ प्रतिशतले बैठक बोलाउन माग गरेमा अध्यक्षले कार्य

समितिको बैठक तुरुन्त बोलाउनुपर्ने छ ।

५. कार्य समितिका पदाधिकारीहरुको कुल संख्याको ५१ प्रतिशत पदाधिकारीहरु उपस्थित नभई कार्य समितिको बैठक बस्ने छैन ।

६. कार्य समितिको बैठकमा अध्यक्षले अध्यक्षता गर्ने छ र निजको अनुपस्थितिमा उपाध्यक्षले र उपाध्यक्षको पनि अनुपस्थिति रहेमा महासचिवले अध्यक्षता गर्ने छ ।

७. कार्य समितिको बैठकमा बहुमतको निर्णय मान्य हुने छ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिन सक्नेछ ।

यस्तो छ कार्यविभाजन

आइसीटी फोरममा रहने सदस्यहरूले पार्टी प्रदेश, जवस, मोर्चाको प्रतिनिधित्व गर्ने र सोही प्रदेश, मोर्चा र जवसमा आइसिटी फोरमको संयोजन गर्ने गरी कार्य विभाजन गरिएको छ ।

पार्टीको ३ महिने अभियानको क्रममा पार्टी, जवस र मोर्चामा वडा तहसम्म आइसीटी फोरम गठन गरिसक्नु पर्ने छ । अन्य नेताहरूले कार्यालयसँग जोडिइ कार्य गर्ने ।

कार्यालयको तर्फबाट अध्यक्षले अर्को बैठकमा समग्र कार्य विभाजन र कार्यक्रमको खाका पेस गर्ने तथा संस्थाको विधान दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप