आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रास्वपा सभापति लामिछाने र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

शुक्रबार, १५ भदौ २०८०, १८ : ४७
शुक्रबार, १५ भदौ २०८०

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सभापति लामिछाने र राजदूत श्रीवास्तवबीच भेटघाट भएको रास्वपाले जनाएको हो ।

भेटघाटको क्रममा रास्वपाको मुख्य एजेण्डा सुशासन, सामाजिक न्याय र आर्थिक विकास रहेको र नेपालको समृद्धिका लागि नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउनका साथै आपसी चासोका मुद्दाहरूलाई संवादमार्फत् हल गर्दै जानु पर्ने विषय सभापति लामिछानेले राखेको रास्वपाले जनाएको छ।

लामिछाने र श्रीवास्तवबीचको भेटवार्ताकम रास्वपाका महामन्त्री डा। मुकुल ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल र सांसद मनिष झालगायत थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप