आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसमा विभाग प्रमुख मनोनित : शेखर–गगन समूहका २ केन्द्रीय सदस्यले पाए जिम्मेवारी

शुक्रबार, १५ भदौ २०८०, २३ : ०४
शुक्रबार, १५ भदौ २०८०

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न १५ विभागका प्रमुख तोकेको छ । पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय विभागहरूको प्रमुखमा मनोनित गरेका हुन् ।

पार्टीका ७० वटा विभागमध्ये देउवाले अहिलेसम्म १६ विभागको प्रमुख मनोनित गरेका छन् । जसमा शेखर कोइराला–गगन थापा समूह निकट २ केन्द्रीय सदस्यले विभागीय जिम्मेवारी पाएका छन् ।  आज मनोनित भएका किरण यादव र प्रकाश स्नेही शेखर( गगन निकट हुन् भने बाँकी देउवा पक्षीय मानिन्छन् ।

कांग्रेसमा विधानतः ४८ वटा विभागको व्यवस्था छ । जसमध्ये सूचना, सञ्चार तथा प्रचार विभाग गठन भएको छ । सभापति देउवाले गत जेठ १२ मा पार्टीका केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्मालाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएका थिए ।

विश्वकर्माले नेतृत्व गरेको प्रचार विभाग अहिले ४२ जना सदस्यीय छ । साउन १० को केन्द्रीय कार्यसमिति बैठकले २२ वटा नयाँ विभाग थपेको छ । भदौ १५ भित्र ६९ विभाग गठन गर्नुपर्ने देउवाको कार्यभार थियो । उनले १५ वटा विभागको प्रमुख तोकेर कार्य प्रारम्भ मात्र गरेका छन् । कांग्रेसमा अझै  ५५ वटा विभाग प्रमुख तोक्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप