आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्रम्पका थप दुई समर्थकलाई लामो जेल सजाय

शनिबार, १६ भदौ २०८०, ०८ : ५८
शनिबार, १६ भदौ २०८०

अमेरिकी राजधानी क्यापिटल हिलमा जनवरी २०२१ मा भएको दङ्गाको सम्बन्धमा ट्रम्प समर्थक ‘प्राउड ब्वाइज’ मिलिसियाका थप दुई सदस्यलाई लामो सजाय सुनाइएको छ ।

इथान नोर्डेनलाई उनको भूमिकाको लागि १८ वर्षको जेल सजाय सुनाइएको छ । उनले  आक्रमणको नेतृत्व गरिरहेको र लाउडस्पीकरमा नारा लगाइरहेको दृश्यलाई भिडियोमा कैद गरिएको थियो । 

यस्तै, डोमिनिक पेजोलालाई पनि शुक्रवार १० वर्षको जेल सजाय सुनाइएको छ । उनलाई हिंसात्मक प्रदर्शनका क्रममा सबैभन्दा उत्तेजित प्रदर्शनकारीको रूपमा वर्णन गरिएको छ ।

उनीमाथि सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा रोक्ने षड्यन्त्रको आरोप लगाइएको थियो ।

सजाय सुनाउनु अघि नोर्डेन संयमित देखिए जबकि पेज्जोलाले ‘ट्रम्प विजेता’ हुन् भनेर नारा लगाए । 

यसै हप्ता यो मिलिसिया समूहका अन्य दुई सदस्यहरूलाई लामो सजाय सुनाइएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप