आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतको आदित्य एल–१ सूर्यतर्फ अघि बढ्यो, इसरोद्वारा सौर्य मिसन प्रक्षेपण

शनिबार, १६ भदौ २०८०, १२ : १६
शनिबार, १६ भदौ २०८०

भारतीय अन्तरिक्ष एजेन्सी इसरोले शनिवार बिहान भारतको पहिलो सौर्य मिसन आदित्य एल–१ प्रक्षेपण गरेको छ । आन्ध्र प्रदेशको श्री हरिकोटामा रहेको सतीश धवन अन्तरिक्ष केन्द्रबाट आदित्य एल–१ प्रक्षेपण गरिएको हो ।

यो यानले सूर्यसँग सम्बन्धित अध्ययन गर्नेछ । आदित्य एल–१  सूर्यको लागि भारतको पहिलो मिसन हो । धेरै देशहरूले पहिले नै सूर्य अध्ययन गर्न मिसनहरू पठाइसकेका छन् ।

यो अन्तरिक्ष यान वास्तवमा सूर्यको नजिक जानेछैन ।

आदित्य एल–१ जहाँ पुग्नु पर्ने छ, त्यसको दुरी पृथ्वीभन्दा १५ लाख किलोमिटर टाढा छ । 

पृथ्वीबाट सूर्यको दूरी १५.१ करोड किलोमिटर छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप