आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रविधिको विकाससँगै अवसर र चुनौती थपियो : अर्थमन्त्री महत

शनिबार, १६ भदौ २०८०, १२ : १८
शनिबार, १६ भदौ २०८०

 काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरुपयोगको चुनौती थपिएको बताएका छन् । शनिवार आर्थिक पत्रकार समाज (सेजन) को वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री डा.महतले भने, ‘राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत् पनि परीक्षणको दौडबाट गुज्रिरहेको छ ।’

 ‘हामीले पूर्ण व्यवसायका साथ जिम्मेवारीका साथ काम गर्नुको विकल्प छैन’, मन्त्री डा.महतले भने, ‘म अर्थ मन्त्रालयमा पुगेपछि इमानदारिताका साथ कसरी देश र जनताका लागि काम गर्ने भन्ने मानसिकताबाट मैले काम गर्ने प्रयास गरेको छु ।’ यसलाई साथीहरूले आत्मसात् गरेको र कतिपय अवस्थामा प्रश्न पनि उठेको अर्थमन्त्रीको भनाई छ ।

‘संसदभित्र र बाहिर मैले आफ्ना निर्णय आधारसहित प्रतिरक्षा गरेको छु, त्यसलाई सबैले स्वीकार गरेका छन्’ मन्त्री डा.महतले भने, ‘आर्थिक पत्रकार समाजलगायत सञ्चार जगतले अर्थ मन्त्रालय र मेरा विषयमा कुनै प्रश्न छ भने प्रत्यक्ष रुपमा चासो, चिन्ता, दुबिधा र प्रश्नका लागि म सधैँ खुला छु ।’

राम्रो गर्न खोज्दा खोज्दै कतिपय अवस्थामा निर्णय गर्न सही सूचना र सबैको सहयोग आवश्यकता पर्ने महतको भनाई छ । कामका सिलसिलामा लागिरहँदा हाम्रो कुरालाई ध्यान दिएन कि अथवा सुनेन कि भन्ने लाग्यो भने समयमै मलाई जानकारी दिन अनुरोध समेत गरे ।

‘देशको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास मैले गरिरहेको छु’ मन्त्री डा.महतले भने, ‘पत्रकार जगत्, बैङ्किङ र निजी क्षेत्रबाट पनि म त्यही किसिमको सहयोगको अपेक्षा गर्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप