गजल
दिलैदेखि चोखो माया लाउन पाऊँ मैले
शनिबार, १६ भदौ २०८०, १४ : १८
सधैँ सधैँ तिम्रो छेउ आउन पाऊँ मैले
दिलैदेखि चोखो माया लाउन पाऊँ मैले ।
कोइलीको झैँ बोली तिम्रो चन्द्र झैँ मुहार
तिम्रो प्रित तिम्रै गीत गाउन पाऊँ मैले ।
मनभित्र तिम्रै बास धड्कनमा राज !
आँखाभरि तिमीलाई नै छाउन पाऊँ मैले ।
तिम्रो यादले आँखाभरि टल्पलाउँछन् आँसु
लोलाएका नयन यी सुकाउन पाऊँ मैले ।
सुख आफैँ काट्दै जाऊँ दुःख पर्दा सम्झ
आपतमा घाम झैँ उदाउन पाऊँ मैले ।
फोक्सिङ, गुल्मी