आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एमाले प्रदेश अधिवेशन

एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन सुरु

शनिबार, १६ भदौ २०८०, १४ : ४१
शनिबार, १६ भदौ २०८०

बुटवल । नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले)को प्रथम लुम्बिनी प्रदेश अधिवेशन बुटवलमा आजदेखि सुरु भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज र भोलि हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन् ।

uml lumbini pradesh adhibeshan (1)

अधिवेशन उद्घाटनका लागि पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू दिउँसो बुटवल आइपुगेका थिए । सम्मेलन पूर्व बिहान १० बजेदेखि बुटवलका १९ वटै वडाहरू, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराहाबाट जुलुस तथा झाँकीसहित सम्मेलन स्थलमा प्रवेश गरेका थिए । आज अधिवेशन उद्घाटन पछि भोलि बन्द सत्र कार्यक्रम रहेको छ। 

प्रदेश कमिटीको अध्यक्षका लागि हालका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल आकाङ्क्षीका रूपमा देखिएका छन्  ।

uml lumbini pradesh adhibeshan (2)uml lumbini pradesh adhibeshan (3)uml lumbini pradesh adhibeshan (4)uml lumbini pradesh adhibeshan (5)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप