एसिया कप
एसिया कप : शाहीनलाई दोस्रो सफलता, कोहली आउट
शनिबार, १६ भदौ २०८०, १६ : २५
क्यान्डी । दुई चिरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्धको खेलमा भारतले लगातार दोस्रो विकेट गुमाएको छ । शाहीन शाह अफ्रिदीले भारतको दोस्रो विकेट लिएका हुन् ।
विराट कोहली ४ रन बनाएर आउट भएका छन् । यसअघि कप्तान रोहित शर्मा ११ रन बनाएर अफ्रिदीकै बलमा आउट भएका थिए ।
खेलमा टस जितेर भारतले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । भारतले २ विकेटको क्षतिमा २९ रन बनाएको छ ।
एसिया कपमा भारतको यो पहिलो खेल हो । पाकिस्तानको भने यो दोस्रो खेल हो । पाकिस्तानले उद्घाटन खेलमा नेपाललाई हराएको थियो ।