एसिया कप
एसिया कप : भारतले तेस्रो विकेट गुमायो
शनिबार, १६ भदौ २०८०, १६ : ४५
क्यान्डी । एसिया कप अन्तरगत पाकिस्तानविरुद्धको खेलमा भारतले तेस्रो विकेट गुमाएको छ । श्रेयस ऐयर १४ रन बनाएर ह्यारिस राउफको बलमा क्याच आउट भएका हुन् ।
विराट कोहली ४ रन बनाएर आउट भएका छन् । यसअघि कप्तान रोहित शर्मा ११ रन बनाएर आउट भएका थिए । खेलमा टस जितेर भारतले पहिले ब्याटिङ गरिरहेको छ । भारतले ३ विकेटको क्षतिमा ४९ रन बनाएको छ ।
एसिया कपमा भारतको यो पहिलो खेल हो । पाकिस्तानको भने यो दोस्रो खेल हो । पाकिस्तानले उद्घाटन खेलमा नेपाललाई हराएको थियो ।