आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बेपत्ता शिक्षकको अवस्था अज्ञात, खोजीका लागि प्रहरी परिचालन

शनिबार, १६ भदौ २०८०, १८ : ५६
शनिबार, १६ भदौ २०८०

बैतडी । विद्यालय जान हिँडेका बैतडीका एक शिक्षक ११ दिनदेखि बेपत्ता छन् । जिल्लाको डिलाशैनी गाउँपालिका–२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका हुन् ।

स्थानीय लटीनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

भदौ ५ गते विद्यालय हिँडेका बोहरा घर नफर्केका र उनले लगाएका चप्पल स्थानीय गन्नीगाडमा नजिकै फेला परेको छ । प्रहरी निरीक्षक केसीले भने, “बेपत्ता शिक्षकको अवस्था अज्ञात छ, खोजीका लागि प्रहरी परिचालन भएको छ, पत्ता लाग्न सकेको छैन ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप