आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भक्तपुरमा माओवादी अभियान : घिन्ताङ घिसी कार्यक्रमसँगै उद्घाटन

शनिबार, १६ भदौ २०८०, २१ : ३५
शनिबार, १६ भदौ २०८०

भक्तपुर । नेकपा (माओवादी केन्द्र)को जनतासँग माओवादी विशेष रुपान्तरण अभियान भक्तपुरमा पनि उद्घाटन भएको छ । देशब्यापी रुपमा सुरु भएको यो अभियान भक्तपुरमा सांस्कृतिक कार्यक्रम (घिन्ताङ्घिसी ट्वाक्क कार्यक्रम) गरी उद्घाटन भएको हो ।

शनिवार भक्तपुर नगरपालिका ८ स्थित लिवालीबाट र्यालीको रुपमा शुरु भएको घिन्ताङ घिसीले नगर परिक्रमा गरेको थियो । करिब ४ घण्टा सम्म चलेको यो कार्यक्रममार्फत माओवादी केन्द्रले भक्तपुरमा पार्टीको अभियानलाई संस्कृतिसँग जोड्न खोजेको माओवादी केन्द्रीय सदस्य एवं संघीय सांसद गङ्गा कार्की विश्वले बताए ।

भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक पर्व सापारु अर्थात गाइजात्राको समयमै पार्टीको रुपान्तरण अभियान शुरु भएकोले गाइजात्राको महत्वपूर्ण सांगीतिक कार्यक्रम घिन्ताङ्ग घिसी ट्वाक्कसँगै बिभिन्न झाँकी र प्लेकार्ड प्रदर्शन गरी अभियान उद्घाटन गरिएको अर्का केन्द्रीय सदस्य केशव नेपालको भनाइ छ ।

सापारुको ७ दिनसम्म भक्तपुरमा चल्ने सांस्कृतिक झाँकी, नृत्य र मनोरन्जनलाई आत्मसात गर्दै माओवादी केन्द्रले अभियान उद्घाटन गर्दा कार्यकर्ता मात्र होइन, स्थानीय समेत उत्साहित देखिन्थे । हर्ष उल्लासका साथ् घिन्ताङ्ग घिसीमा सामेल हुँदै नाच्दै हिँडेका माओवादी नेता कार्यकर्तालाई बिभिन्न वडामा स्थानीयले स्वतः स्फूर्त स्वागत गरेका थिए । 

भक्तपुरको ऐतिहासिक संस्कृतिलाई राजनीतिसँग जोडेर गरिएको यो पहिलो कार्यक्रम भएको नगर अध्यक्ष राकेश सुवालले बताए ।  अभियानको नेतृत्व गरिरहेका अर्का केन्द्रीय सदस्य  दीर्घराज श्रेष्ठले हजारौं जनता उत्साहित भएर कार्यक्रममा सहभागी भएका र नगरका बहुसंख्यक जनताले  अवलोकन गरेकाले पार्टीको अभियान प्रभावकारी रुपले अघि बढिरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप