आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रियललाई बेलिङह्यामकै भर

शनिबार, १६ भदौ २०८०, २२ : ३२
शनिबार, १६ भदौ २०८०

मड्रिड । रियल मड्रिडका लागि पुनः जुड बेलिङह्याम नायक साबित भएका छन् । यस सिजन रियल भित्रिएका बेलिङह्यामको निर्णायक गोलको मद्दतले रियलले गेटाफेलाई संघर्षपूर्ण खेलमा हराउँदै लिगमा शतप्रतिशत नतिजा कायम राख्न सफल भएको छ ।

खेलमा रियल सुरुवातमा नै पछि परेको थियो । पूर्वखेलाडी बोर्या मायोरालले खेलको ११ औँ मिनेटमा गेटाफेलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै जोसेलुले रियललाई खेलमा फर्काए । 

खेल बराबरीतर्फ अघि बढिरहेका बेला बेलिङह्यामले इन्जुरी समयमा गोल गर्दै रियललाई महत्त्वपूर्ण ३ अङ्क दिलाए । जीतसँगै रियलले चार खेलबाट १२ अङ्क बटुल्दै ला लिगाको शीर्ष स्थानमा रहेको छ । गेटाफे भने चार अङ्क बटुल्दै १४ औँ स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप