आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
च्याब्रुङ बजाउँदै कोशी प्रदेश नामकरणको विरोध, तस्बिरहरू
फोटोफिचर

च्याब्रुङ बजाउँदै कोशी प्रदेश नामकरणको विरोध, तस्बिरहरू

आइतबार, १७ भदौ २०८०

काठमाडौँ । किरात याक्थुङ चुम्लुङको ३५ औँ स्थापना दिवसको अवसर पारेर कोशी प्रदेशको नामकरणको विरोधमा ललितपुरमा विरोध प्रदर्शनको आयोजना गरिएको छ ।  ५ सय वटा च्याब्रुङ बजाउँदै जावलाखेल चोकबाट ललितपुर एकान्तकुनास्थित किरात याक्थुङ चुम्लुङको केन्द्रीय कार्यालयसम्म विरोध र्‍यालीको आयोजना गरिएको हो ।

प्रदेशको नाम कोशी खारेज गरी ऐतिहासिक पहिचानको आधारमा लिम्बुवान/किरात कायम गर भन्ने मूल नाराका साथ विरोध प्रदर्शन गरिएको थियो । विरोध कार्यक्रममा कुरुम्बाङ संजुम्भो परिवार,  किरात याक्थुङ चुम्लुङ संघीय कार्यसमिति, चेम्जोङ वंश उत्थान संघलगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया