आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रास्वपाका सभापति रवि लामिछाने नेपाल र भारतबीचको क्रिकेट हेर्न श्रीलंका प्रस्थान

आइतबार, १७ भदौ २०८०, १३ : ५३
आइतबार, १७ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का सभापति रवि लामिछाने एसिया कप क्रिकेट अन्तरगत नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका प्रस्थान गरेका छन् । 

श्रीलंकाको क्याण्डीस्थित पालेकेले क्रिकेट मैदानमा सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । सोही खेल हेर्न र नेपाली टोली हौसला बढाउन लामिछाने आइतबार त्यसतर्फ प्रस्थान गरेको लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए । 

नेपाली टोलीलाई हौसला दिन लामिछानेपत्नी निकिता पौडेल लामिछाने र रास्वपाका केन्द्रीय सदस्य दिपक बोहोरा पनि सँगै श्रीलंका गएका छन् । नेपाल र भारतबीचको खेल सोमबार दिउँसो स्थानीय समयअनुसार सवा ३ बजे सुरु हुनेछ ।

एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो । भारत भने पहिलो खेलमा पाकिस्तानसँग अंक बाँड्न बाध्य भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप