आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपा सिरहाको सहइन्चार्जमा विष्णुकुमार साह

आइतबार, १७ भदौ २०८०, १४ : ५२
आइतबार, १७ भदौ २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको सिरहा  सहइन्चार्जको जिम्मेवारी विष्णुकुमार साहले पाएका छन् । जसपा मधेस प्रदेश समितिको साउन ३० गते बसेको बैठकले साहलाई सहइन्चार्जको जिम्मेवारी दिएको हो । साह जसपाको मधेस प्रदेश समिति सदस्य हुन् ।

२०७० को संविधान सभामा निर्वाचनमा सिरहा–४ मा तत्कालीन फोरमबाट माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा गरेपछि उनी चर्चामा आएका थिए । सिरहामा मधेस आन्दोलनमा सक्रिय भएर लागेका उनी चुरे संरक्षण अभियानमा पनि लागेका छन् ।

जसपाले लागु गरेको नयाँ विधान कार्यान्वयनका लागि तीन महिने अभियान चलाएको छ । सोही विधान अनुसार साहलाई सहइन्चार्ज बनाएको छ । सिरहामा जसपाको इन्चार्ज कौशलेन्द्र यादव छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप