आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेस रूपान्तरण पक्षधरद्वारा दोस्रो चरणको कार्यक्रम घोषणा

आइतबार, १७ भदौ २०८०, १७ : १७
आइतबार, १७ भदौ २०८०

काठमाडौँ । नेपाली कांग्रेस रूपान्तरण अभियान पक्षधरले २४ भदौबाट दोस्रो चरणको रूपान्तरण अभियान घोषणा गरेको छ । शनिबार नेताहरूको छलफलबाट अभियानलाई निरन्तरता दिने निर्णय गरिएको नेता जगदिश्वरनरसिंह केसीले बताए ।  

‘बैठकबाट अभियानलाई निरन्तरता दिने निर्णय गरेका छौँ । दोस्रो चरणमा १६५ निर्वाचन क्षेत्र पुग्ने गरी कार्यक्रम तय भएको छ । २४ भदौमा बिपी जयन्तीबाट दुई महिना अभियान सञ्चालन हुनेछ,’ उनले भने ।

उनका अनुसार दोस्रो चरणको अभियान २४ भदौदेखि २४ कात्तिकसम्म गरी दुई महिना सञ्चालन हुनेछ । अभियान अन्तर्गत १६५ निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रम गरिनेछ ।

केन्द्रीय सदस्य मधु आचार्यले बिपी जन्मजयन्तीदेखि गणेशमानसिंह जन्मजयन्तीसम्म रूपान्तरण अभियान सञ्चालन गरिने बताए । उनका अनुसार बिपी जयन्तीको अवसर पारेर भदौ २४ मा काभ्रेपलाञ्चोक – २ बाट कार्यक्रम सुरु हुने छ ।

कार्यक्रममा पार्टी कार्यकर्ताहरू र जनतासँग पनि संवाद गरिने आचार्यको भनाइ छ । रूपान्तरण पक्षधरले गत जेठमा सातै प्रदेश भेला गरेका थिए।

अभियानको सुझाव कांग्रेस नेतृत्वलाई बुझाइएको थियो । पहिलो चरणको अभियानअन्तर्गत पहिलो चरणमा सातै प्रदेशका र डायस्पोराको भेला गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप