आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आरजु राणाको नेतृत्वमा धान उत्पादन अवलोकन गर्न ६ सांसद बंगलादेश जाने

आइतबार, १७ भदौ २०८०, १७ : २६
आइतबार, १७ भदौ २०८०

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु राणा देउवाको नेतृत्वमा उनीसहित समितिका ६ जना सांसद बंगलादेश जाने भएका छन् । बंगलादेशको धान उत्पादन तथा अन्य कृषि क्षेत्रको अवस्था अवलोकन गर्न सचिवालयका १ कर्मचारी सहितको टोली असोजको दोश्रो साता बंगलादेश जाने भएको हो । 

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले भ्रमणमा जाने सांसदहरुको नाम छनौट गरेको छ । सांसदहरु अमरबहादुर थापा, अनिशा नेपाली, विनिता कठायत, सुर्यकुमारी श्रेष्ठ र माओवादी केन्द्रबाट एकजना सांसद बंगलादेश भ्रमणमा जाने भएका छन् । यस्तै समितिका उपसचिव शिवदत्त बरालपनि सो भ्रमणटोलीमा सहभागी हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप