आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले ट्रेजरीमार्फत मंगलबार २० अर्ब आन्तरिक ऋण उठाउने

आइतबार, १७ भदौ २०८०, १७ : ३६
आइतबार, १७ भदौ २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । 

बैंकले भदौ १९ गते मंगलबार नवीकरण गर्ने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको कूल २० अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण गर्ने भएको हो । 

पुरानो ट्रेजरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाले पुनः ट्रेजरी नवीकरणका लागि दरखास्त दिन सक्नेछन् । केन्द्रीय बैंकका अनुसार मंगलबार नवीकरण हुने ट्रेजरीको सोमबार दिउँसो ३ बजे बोलकबोल हुने छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले तोकिएको समय भित्र आवेदन दिन सक्नेछन् । 

यसअघि केन्द्रीय बैंकले भदौ ११ गते ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप