आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बालेन अभिव्यक्ति प्रकरण

हाम्रो मौलिक कथा विश्वले हेर्न चाहन्छ : अभिनेता खगेन्द्र

आइतबार, १७ भदौ २०८०, १७ : ३९
आइतबार, १७ भदौ २०८०

काठमाडौँ । लेखक, निर्माता समेत रहेका फिल्म अभिनेता खगेन्द्र लामिछानेले नेपाली मौलिक कथा विश्वले हेर्न चाहिरहेको बताएका छन् । काठमाडौँ कलिङ साहित्य महोत्सवमा  ‘एक्काइसौँ शताब्दीमा रिल : नेपाली सिनेमाको व्यापार’ विषयमा बोल्दै उनले यो धारणा राखेका हुन् । 

‘१५ वर्षअगाडि नेपाली फिल्म विश्व बजारमा एक्जिस्ट नै गर्दैन थियो । यो साल मात्रै ३–४ वटा नेपाली फिल्म विश्वको सबैभन्दा ठुलो फेस्टिभलमा सहभागी भइरहेको छ’ लामिछानेले भने, ‘यो राम्रो कुरा हो । हाम्रो मौलिक कथालाई विश्वले पनि खोजेर हेर्न चाहन्छ । तर सिनेमा क्षेत्रमा राज्यको उपस्थिति शून्य छ ।’

यस्तो छ खगेन्द्रले कार्यक्रममा दिएको अभिव्यक्तिको सम्पादित अंश :

म सिनेमामा काम गर्न थालेको ११ वर्ष भयो । त्यसअघि म थिएटरमा काम गर्थेँ । म थिएटरमा काम गर्दा सिनेमामा आफूलाई कल्पना पनि गर्दिन थिएँ । तर नेपाली सिनेमा हेर्दा नेपालीपनसँग जोडिएको सिनेमा कम हुन्थे । बजारलाई चलायमान बनाउने सिनेमा बलिउडबाट अति प्रभावित हुन्थे । जुन सिनेमा हेर्दा हामीले आफ्नो उपस्थिति देख्दैनथ्यौँ । हामी संयोगले सिनेमामा आयौँ । 

हामीले बनाउने सिनेमा कस्तो हुनुपर्छ ? मैले बुझेको के भने हलमा सिनेमा हेर्न जाँदा हाम्रो समाज कहाँ छ । रियलिस्टिक फिल्म हेर्न जाने जमात कति छ ? नेपाली फिल्महरू अन्तर्राष्ट्रिय प्लेटफर्ममा पुगेका छन् ।

१५ वर्ष अगाडि नेपाली सिनेमा एक्जिस्ट नै गर्दैन थियो ।  यो साल मात्रै ३–४ वटा नेपाली सिनेमा विश्वको सबैभन्दा ठुलो फेस्टिभलमा सहभागी भइरहेका छन् । यो राम्रो कुरा हो । हाम्रो मौलिक कथालाई विश्वले पनि खोजेर हेर्न चाहन्छ । तर सिनेमा क्षेत्रमा राज्यको उपस्थिति शून्य छ ।

राज्यले सिनेमा क्षेत्रलाई बेवास्ता गरेको छ । अरु हरेक क्षेत्रमा हेर्नुभयो भने वीमाको व्यवस्था छ । धेरै व्यवसायसँग सरकार जोडिन्छ । तर सिनेमा यस्तो बिजनेस हो फिल्म दर्ता गर्दा विकास बोर्डमा १३ हजार ५ सय राज्यलाई तिर्नुपर्छ । त्यसपछि राज्यको भूमिका शून्य । अहिले व्यक्तिगत क्षमताले विश्व सिनेमामा नेपाली सिनेमा पुर्‍याइरहेका मेकर हुनुहुन्छ । राज्यले म पनि साथमा छु भनेर हौसला दियो भने कहाँ पुग्थ्यो होला ? ०५८ साल पूर्वको राज्यको भूमिका जस्तो थियो नेपाली सिनेमामा हाम्रो लडाइँ यसैमा छ ।

चलचित्रकर्मीले त सरकारलाई कमाइदिइरहेको जस्तो भइरहेको छ । फिल्म चल्यो भने राज्यले २५ प्रतिशत लिन्छ । खासमा फिल्म डुब्दा हाम्रो जिन्दगीचाहिँ कसरी चल्छ जस्तो लाग्छ । हामी नागरिक भएको अर्थ के ? हामी यसका लागि फाइट गरिरहेका छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप