आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जहाँ पुगौँ, जहाँ बसौँ ! सपनामा नेपाल, जपना नेपालको’ नारासहित माओवादी प्रवासले थाल्यो तीन महिने अभियान

आइतबार, १७ भदौ २०८०, १९ : २०
आइतबार, १७ भदौ २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) प्रवास प्रदेश कमिटीले ‘जहाँ पुगौँ, जहाँ बसौँ ! सपनामा नेपाल, जपना नेपालको !!’ भन्ने मूल नारासहित  ३ महिने अभियान सुरु गरेको छ । आइतबार जुममार्फत समितिका इन्चार्ज राम कार्कीले ताली बजाएर अभियानको उद्घाटन गरेका हुन् । 

बैठकमा प्रवास समितिका अध्यक्ष ओम शर्माले कार्ययोजना तथा कार्यविभाजनको प्रतिवेदन पेस गरेका थिए । 

युगान्तकारी परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै अध्यक्ष शर्माले प्रवास समितिलाई संगठनमा जोडिने पुलको काम गर्नुपर्ने दायित्व रहेको बताए । त्यस्तै सम्बन्धी देशहरूमा बसेका नेपालीहरूका समस्याबारे ध्यान दिने उनले बताए । 

अभियानकै बीचमा सम्मेलन गर्ने, कात्तिकमा समीक्षा बैठक बसेर कार्ययोजना बनाउने, अनलाइनमार्फत सदस्यता नवीकरण गर्ने लगायत विषयमा समितिले ध्यान दिने शर्माले बताए ।  

कार्यक्रममा केन्द्रीय सदस्य लक्ष्मण पन्तले माओवादीले ल्याएको एजेण्डा स्थापित हुँदाहुँदै पनि पार्टी कसरी कमजोर भयो भन्ने विषयमा धारणा राखेका थिए । उनले कम्युनिस्ट कमजोर र व्यक्ति शक्तिशाली हुने अन्तर्विरोधका कारण समस्या आएको धारणा राखे । 

‘पहिला पार्टी बलियो थियो, आन्दोलन बलियो थियो, व्यक्ति कमजोर थिए । शान्ति प्रक्रियाबाट आएपछि पार्टी कमजोर र व्यक्ति शक्तिशाली भयो । यही अन्तर्विरोधका कारण समस्या  आयो’, उनले भने, ‘पार्टीमा भजन मण्डली हाबी भएकाले पार्टी बिग्रियो । नेताहरूको देवत्वकरण नगरी जनताको एजेण्डा बोकेर हिँड्न सके फेरि माओवादी बलियो हुन्छ ।’ 

बालुवाटार, खुमलटार वा नेताहरूको पछि लागेर नेता बन्ने दिन गएको उनले बताए । 

‘जुमबाट नेता बन्ने दिन सकियो । बालुवाटार वा खुमलटार कुनै नेताको पछि लागेर नेता बन्न सकिँदैन । नेताहरू नव अवसरवादीहरूको घेरामा परे । काम गर्न सकिँदैन भने राजीनामा दिएर बसे हुन्छ । यस्तो तरिकाबाट पार्टी बन्दैन । 

जुममा प्रवास समितिसँग सम्बद्ध संगठनका केन्द्रदेखि साधारण सदस्यसम्म  उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप