आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भृकुटीमण्डपमा जनचेतना मूलक सांस्कृतिक महोत्सव सम्पन्न

आइतबार, १७ भदौ २०८०, १९ : ३३
आइतबार, १७ भदौ २०८०

काठमाडौँ । भृकुटीमण्डपमा ‘बृहत् जनचेतनामूलक सांस्कृतिक महोत्सव २०८०’ आयोजना गरिएको छ । स्वीकृति इभेण्ट म्यानेजमेन्टको आयोजना रहेको कार्यक्रममा दर्जनौँ गायक गायिकाले सांगीतिक प्रस्तुति दिएका छन् ।

मन्त्री परिषद्का पूर्वअध्यक्ष एवं पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी, समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्ट, सङ्घीय सांसद श्याम घिमिरे, पूर्व मन्त्री सोमप्रसाद पाण्डे, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती, राष्ट्रिय लोकभजन संरक्षण प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष गायक प्रजापती पराजुली, राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष दुर्गा रायमाझी, लुम्बिनी तन्दुरी व्यवसायी संघका अध्यक्ष रामप्रसाद पोखरेल, नेपाल होस्टेल एसोसिएसन केन्द्रीय अध्यक्ष अरुण पराजुली, नेपाल होस्टेल एसोसियसन काठमाडौँका अध्यक्ष भोजिन्द्र श्रेष्ठ, वरिष्ठ गायक नविन ढुङ्गेल, वरिष्ठ गायक प्रेमराजा महत, हरि बस्याल, काठमाडौँका सहायक प्रजिअ खड्ग प्रसाद श्रेष्ठ, गरिमा विकास बैकका सिइओ गोविन्द ढकाल केशव भट्टराई, अच्युत गौतम, लोकबहादुर टन्डन, डा.बुद्धिमान श्रेष्ठ, भिम कुँवर, दुर्गा भट्टराई, सुनिता भण्डारी, राजकुमार त्रिपाठी लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

विभिन्न झाँकीको प्रस्तुति सहित सुरु भएको कार्यक्रममा  सन्जय डिम्पल, प्रकाश गौतम, गीता भट्टराई, लिला कँवर, हेम श्रेष्ठ, लक्ष्मी परियार, सन्तोश पन्त, राजेन्द्र दुधराज, राजेन्द्र गिरि ‘गुन्द्रुके’, निशा खड्का, अमृत थापा, ढुन्डिराज ढकाल, सुशिला डाँगी, मिना गिरि, ध्रुव ओली लगायतले लागू औषध दुर्व्यसन, सर्ने नसर्ने रोगहरु, सामाजिक संजालको दुरुपयोग, सुर्तिजन्य पदार्थको नियन्त्रण, सुरक्षित बैदेशिक रोजगार, सडक सुरक्षा, लैँगिक हिंसा भ्रष्टाचार लगायतका विषयवस्तुमा आधारित जनचेतनामूलक सडक नाटक प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्वीकृति पौडेल, आशा बिसि,  कल्पना नेपाल, कल्पना दाहाल, संगीता पौडेल, दुर्गा बिरही, प्रेमराजा महत, नवीन ढुङ्गेल, प्रजापती पराजुली, दुर्गा रायमाझी, सरु थापा, देवि हमाल, शान्ती भन्डारी, ज्योती मगर, नवीन पौडेल, रितिका कुँवर, जमुना राना, प्रतिमा अर्याल, रेखा जोशी, हुम गैरे, पुरुषोत्तम गैरे, कमला पोखरेल, कृष्ण तिमल्सिना, कालिका रोका, माधब भन्डारी, भुमिका शाहा लगायतले गीतसंगीतको प्रस्तुत गरेका थिए । अधिबक्ता एवं गायक सेमन्तमणी खरालले संचालन गरेको कार्यक्रमको संयोजना स्वीकृति इभेण्ट म्यानेजमेन्ट प्रालिका अध्यक्ष एवं गायक नवीन पौडेलले गरेका थिए । 

समाज कल्याण परिषद् आयोजक रहेको महोत्सवमा राष्ट्रिय स्वास्थ्य कोष, नेपाल होस्टेल एसोसिएसन केन्द्रीय समिति, नेपाल होस्टेल एसोसिएसन  काठमाडौँ, लायन्स क्लब अफ काठमाडौँ भिक्ट्री, राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान, नेपाल काभ्रेपलान्चोक जिल्ला समिति, राष्ट्रिय लोकसंस्कृती संरक्षण प्रतिष्ठान नेपाल लगायतको सहकार्य रहेको थियो ।

कार्यक्रममा करिब २ सय आँखा बिरामीलाई तिलगंगा आँखा अस्पतालका डाक्टरहरुबाट निःशुल्क आँखा परिक्षणको अलवा रत्तदान कार्यक्रम समेत आयोजना भएको थियो ।

कार्यक्रममा सामाजिक सांस्कृतिक, कृषि, शैक्षिक एवं खेलकुद क्षेत्रमा योगदान शान्ती भण्डारी, लक्ष्मी अधिकारी, धर्मराज पोखरेल, सोनु लामा, साबित्रा त्रिपाठी, गीता न्यौपाने, नन्दा बस्याल, रमेश तिवारी, भक्त बहादुर गोदार, कमला गैरेलाई सम्मान समेत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप