आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चन्द्रयान–३ अभियान पूरा, प्रज्ञान रोभर असाइनमेन्ट पछि स्लिपिङ मोडमा

सोमबार, १८ भदौ २०८०, ०९ : ४४
सोमबार, १८ भदौ २०८०

चन्द्रयान अभियान–३ अन्तर्गत काम गरिरहेको रोभरले आफ्नो असाइनमेन्ट (काम) पूरा गरेको छ । रोभर अहिले स्लीपिङ मोडमा गएको छ ।

भारतीय रक्षा अनुसन्धान सङ्गठन (इसरो) ले सोसल मिडिया प्लेटफर्म एक्स (ट्विटर) मा यसबारे जानकारी दिँदै भनेको छ, ‘चन्द्रयान–३ अन्तरिक्षयानको रोभर प्रज्ञान ‘स्लिप मोड’ मा गएको छ । तर यसको ब्याट्री चार्ज छ र रिसिभर अन छ ।’

इसरोले लेखेको छ, ‘आशा छ कि प्रज्ञान रोभर कुनै अन्य असाइमेन्टका लागि जागा हुनेछ । यो रोभर त्यहाँ भारतको चन्द्र राजदूतको रूपमा सधैँ रहिरहनेछ ।’

प्रज्ञान चन्द्रमाको सतहमा १०० मिटरसम्म हिँड्यो । यसले सल्फर, फलाम, अक्सिजन र अन्य तत्त्वहरूको उपस्थिति पुष्टि गरेको छ ।

चन्द्रयान–३ मिसनको सफलतासँगै भारत, अमेरिका र पूर्व सोभियत सङ्घसँगै चन्द्रमाको सतहमा अवतरण गरेका देशहरूको क्लबमा सामेल भएको छ ।

तर, चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो अन्तरिक्ष यान अवतरण गर्न सफल हुने पहिलो देश भारत हो । यसअघि रुसको चन्द्रमा मिसन दुर्घटनाग्रस्त भएको थियो । भारतको यो सफलताको मिडियामा निकै तारिफ भइरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप