आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमबार, १८ भदौ २०८०, ११ : १९
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य बढेको जनाएको छ । महासंघले आजको बजारभाउ तय गर्दै हिजो तोलामा १०० रुपैयाँले बढेको सुनको मूल्य आज ४०० रुपैयाँले बढेको जनाएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ थियो ।

सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य पनि बढेको छ । महासंघले हिजो आइतबारको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको जनाएको छ । यससँगै, आज चाँदीको मूल्य १४ सय ६५ रुपैयाँ छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप