आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपाले तोक्यो मधेस प्रदेश समितिका जिल्ला इञ्चार्ज र सहइञ्चार्ज

सोमबार, १८ भदौ २०८०, १४ : १७
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश समितिका आठ जिल्लामा इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ । प्रदेश समितिको बैठकले आठवटै जिल्लाका इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी तोकेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार सप्तरीको इञ्चार्जमा बादलप्रसाद यादव र सहइञ्चार्ज छेदी यादव, सिरहाको इञ्चार्जमा कौशलेन्द्र यादव र सहइञ्चार्जमा विष्णुकुमार साह, धनुषाको इञ्चार्जमा राजनारायण यादव र सहइञ्चार्जमा शैलेन्द्रकुमार यादव, महोत्तरीको इञ्चार्जमा अशोककुमार यादव र सहइञ्चार्जमा राजिवकुमार यादवलाई तोकिएको छ । 

यसैगरी सर्लाहीको इञ्चार्जमा रामआशिष यादव र सहइञ्चार्जमा सञ्चमाया मोक्तान, रौतहटको इञ्चार्जमा चन्देश्वर महतो र सहइञ्चार्जमा राजकुमार दास, बाराको इञ्चार्जमा सिहासन कलवार र सहइञ्चार्जमा सोहन शर्मा तथा पर्साको इञ्चार्जमा अवधभूषण यादव र सहइञ्चार्जमा दीपक यादव रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप