एसिया कप
नवौं विकेट गुमायो नेपालले
सोमबार, १८ भदौ २०८०, १९ : ५०
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्धको खेलमा सोमबार नेपालले आफ्नो नवौं विकेट गुमाएको छ । नवौं विकेटका रुपमा सन्दीप लामिछाने पेभेलियन फर्किएका हुन् ।
उनले १७ बलको सामना गरी नौ रन बनाए । उनी रनआउट भएर पेभेलियन फर्किए । नेपालले ४७.४ ओभरमा नौ विकेट गुमाएर दुई सय २९ रन बनाएको छ ।