एमाले लुम्बिनी अधिवेशन : मतदान हुन अझै एक घण्टा लाग्ने
सोमबार, १८ भदौ २०८०, २१ : ०४
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि मतदान हुन अझै एक घण्टा लाग्ने भएको छ । बुटवलमा जारी एमाले लुम्बिनी अधिवेशनमा मतदान हुन अझै एक घण्टा लाग्ने भएको हो ।
मतपत्र छपाई र मतदान केन्द्र निर्माण गर्न समय लाग्ने भएकाले मतदान सुरु गर्न एक घण्टा लाग्ने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका प्रमुख हरि भण्डारीले मतदान हुन एक घण्टा समय लाग्ने जानकारी दिए ।
उनले भने, 'मतदानको लागि तयारी भइरहेको छ । मतपत्र र अरू प्रक्रिया पुरा गर्न केही समय लाग्छ । मतदान एक घण्टापछि मात्रै सुरु हुन्छ ।'
एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा पाँच पदाधिकारीका लागि १४ जनाको उम्मेदवारी परेको छ । एमाले लुम्बिनी प्रदेशको अध्यक्षका लागि हरि रिजाल र राधाकृष्ण कँडेलले उम्मेदवारी दर्ता गराएका छन् ।