आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतको सूर्य मिसन आदित्य एल–१ ले दोस्रो पटक  कक्ष फेर्‍यो, अब के हुन्छ ?

मङ्गलबार, १९ भदौ २०८०, ०९ : १४
मङ्गलबार, १९ भदौ २०८०

सूर्य मिसन आदित्य एल–१ ले दोस्रोपटक आफ्नो कक्ष फेरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन अर्थात् इसरोले मङ्गलवार बिहान आफ्नो ट्विटर ह्यान्डलबाट यो जानकारी दिएको हो ।

इसरोले भनेको छ, 'आइएसटिआरएसी  बेंगलुरुबाट दोस्रो अर्थ बाउन्ड म्यान्यूवर (अर्थात् दोस्रो पटक कक्ष परिवर्तन) सफलतापूर्वक पूरा गरेको छ । अब यसको नयाँ कक्ष २८२ किलोमिटर x 40225 किलोमिटरको छ ।'

आदित्य एल–१ को कक्षमा यो परिवर्तन मङ्गलवार बिहान ३ बजे भएको हो ।

इसरोका अनुसार कक्ष परिवर्तन प्रक्रियाको ट्र्याकिङ इसरोको मौरिसस, बेंगलुरु र पोर्ट ब्लेयरको ग्राउन्ड स्टेसनबाट गरिएको थियो ।

इसरोको अनुसार आदित्य एल–१ को कक्षमा अर्को परिवर्तन सेप्टेम्बर १०, २०२३ बिहान करिब साढे २ बजे हुनेछ । 

यो मिसन के हो ?

इसरोले शनिवार दिउँसो ११ः५० मा आन्ध्र प्रदेशको श्री हरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट यो मिसन प्रक्षेपण गरिएको हो ।

यो सूर्यको लागि भारतको पहिलो मिसन हो । धेरै देशहरूले पहिले नै सूर्य अध्ययन गर्न मिसनहरू पठाइसकेका छन् ।

आदित्य अन्तरिक्ष यान सूर्यको नजिक जाने छैन ।  पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा रहेको सूर्य–पृथ्वी प्रणालीको लेन्ग्रेज बिन्दु १ (एल१) को चारैतिर एक प्रभामण्डल कक्षमा पुगेर आदित्यले सूर्यको अध्ययन गर्नेछ । सूर्यबाट पृथ्वीको दूरी १५.१ करोड किलोमिटर हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप