आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वकप क्रिकेटका लागि भारतीय टोलीको घोषणा

मङ्गलबार, १९ भदौ २०८०, १४ : १६
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि भारतीय टोलीको घोषणा गरिएको छ । विश्वकप क्रिकेटको १३औं संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमै आयोजना हुँदैछ ।

रोहित शर्माको कप्तानीमा विश्वकपका लागि घोषणा गरिएको भारतीय टोलीमा युवा र अनुभवी खेलाडीको समिश्रण रहेको छ । हाल श्रीलंकामा एसिया कप खेलिरहेको टोलीका खेलाडीहरुलाई समेटेर नै विश्वकपका लागि भारतीय टोलीको घोषणा गरिएको छ । 

तर, एसिया कप खेलिरहेका केही खेलाडीलाई भने विश्वकपका लागि घोषित टोलीबाट हटाइएको छ । मध्यक्रमका ब्याट्सम्यान तिलक वर्मा, तीव्र गतिका बलर प्रसिद्ध कृष्णा र सञ्जु सामसनलाई विश्वकपका लागि घोषित टोलीमा समावेश गरिएको छैन ।

घोषित भारतीय टोलीमा रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इशान किसन, केएल राहुल, हार्दिक पाण्डेया (उपकप्तान), सूर्यकुमार यादव, रविन्द्र जडेजा, अक्सर पटेल, सार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सामी, मोहम्मद सिराज र कुलदिप यादव रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप