आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले लुम्बिनी अधिवेशनमा नौ सय मत खस्यो

मङ्गलबार, १९ भदौ २०८०, १४ : ३७
मङ्गलबार, १९ भदौ २०८०

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानमा नौ सय मत खसेको छ । 

मंगलबार बिहान पौने नौ बजेबाट सुरु भएको मतदान २ सम्म नौ सय मत खसेको हो । अधिवेशनमा एक हजार ४ जना मतदाता रहेका छन् । मतदान सम्पन्न हुन अब करिब  आधा घण्टा लाग्ने निर्वाचन मण्डलका सदस्य  विष्णुप्रसाद खनालले जानकारी दिए । 

मतदान सकिएपछि मतगणना प्रक्रिया सुरु गर्ने निर्वाचन मण्डलले जनाएको छ । प्रदेश कमिटीको अध्यक्षका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् । कँडेल पाल्पाका हुन् भने, रिजाल प्युठानमा हुन् । दुवै समूह प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । पदाधिकारी र सदस्यसहित २०५ को प्रदेश कमिटीका लागि ३६४ जना प्रतिस्पर्धामा छन् । लुम्बिनीका १२ मध्ये ८ जिल्लाका लागि सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप