आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मतगणना

एमाले लुम्बिनी प्रदेश अधिवेशन : मतगणना सुरु

मङ्गलबार, १९ भदौ २०८०, १७ : ०७
मङ्गलबार, १९ भदौ २०८०

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनको  मतगणना सुरु भएको छ । प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि भएको निर्वाचन अन्तर्गत मतगणना सुरु भएको हो । 

प्रदेश कमिटीको अध्यक्षका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् । पदाधिकारी र सदस्य गरी २०५ जनाको प्रदेश कमिटीका लागि ३६४ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।  मंगलबार बिहान पौने ९ देखी सुरु भएको मतदान दिउसो ३ बजे सकिएको  थियो । कुल एक हजार चार मतदाता मध्ये ९६५ जनाको मत खसेको थियो । 

उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र पूजन विश्वकर्माले उम्मेदवारी  दिएका छन् । उपसचिव खुलामा ४ र महिलामा ३ जनाको उम्मेदवारी परेको छ । सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप