आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अप्रत्यासित रुपमा सन्न्यासको घोषणा गरे क्विन्टन डी ककले

मङ्गलबार, १९ भदौ २०८०, १९ : ०९
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ । दक्षिण अफ्रिकाका प्रभावशाली क्रिकेटर क्विन्टन डी ककले अप्रत्यासित रुपमा सन्न्यासको घोषणा गरेका छन् । उनले आगामी विश्वकपलगत्तै अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका हुन् । 

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १३औं संस्करण अक्टोबर ५ देखि नोभम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ । उनी दक्षिण अफ्रिकाका ओपनर ब्याट्सम्यान हुन् । दक्षिण अफ्रिकाले मंगलबार आगामी विश्वकपका लागि टोली घोषणा गरेलगत्तै उनले आफ्नो सन्न्यासको घोषणा गरेका हुन् ।

विश्वकपका लागि घोषित दक्षिण अफ्रिकी टोलीमा भने क्विन्टन डी ककको नाम पनि समेटिएको छ । आगामी डिसेम्बर १० देखि २१ तारिखसम्म खेलिने भारतविरुद्घको एकदिवसीय शृंखलामा भने ३० वर्षीय डी कक सहभागी हुने छैनन् । 

डी ककले दक्षिण अफ्रिकाका लागि हालसम्म एक सय ४० वटा एकदिवसीय प्रतियोगिता खेलेका छन् । एकदिवसीय खेलमा उनले पाँच हजार नौ सय ६६ रन बनाएका छन् । उनले १७ शतक र २९ अर्धशतक पनि प्रहार गरेका छन् । 

एकदिवसीय खेलमा उनको उत्कृष्ट प्रदर्शन एक सय ७८ रन हो । उनले सन् २०१३ को जनवरी १९ तारिखमा न्युजिल्यान्डविरुद्घ एकदिवसीय खेलमा ‘डेब्यू’ गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप