आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्वगोरखा सैनिकलाई अधिकार दिलाउन सरकारले कूटनीतिक पहल गर्नेछ : मन्त्री साउद

मङ्गलबार, १९ भदौ २०८०, १९ : ४६
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले पूर्वगोरखा सैनिकले पाउनुपर्ने अधिकार बमोजिमको सुविधा प्राप्त गराउन सरकारले बेलायत सरकारसँग कूटनीतिक पहल गर्ने बताएका छन् । 

मंगलबार काठमाडौँमा आयोजित पूर्वगोरखा सैनिकको समस्या समाधानको लागि एक दिवसीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले १९९७ भन्दा अगाडिका गोरखा सैनिकहरुलाई पनि वेतन र घाइतेहरुलाई पनि अन्य सहुलियत दिनुपर्छ भनेर बेलायतमा भएका गोरखा सैनिक परिवारले आन्दोलन गरिरहेको बताए । उनले पूर्वगोरखा सैनिकले पाउनुपर्ने सुविधा दिलाउने कुरामा सरकार साथमा रहेको बताए । उनले संवादको प्रक्रियाबाट पूर्वगोरखा सैनिकहरुले पाउनुपर्ने अधिकार बमोजिमको सुविधा दिलाउन सरकारले प्रयत्न गर्ने बताए ।

परराष्ट्र मन्त्रालयले सो समस्या समाधानका लागि कूटनैतिक पहल गरिरहेको बताए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप