आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बुसानमा नेपालका तीन फिल्म

मङ्गलबार, १९ भदौ २०८०, २० : ०२
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ । फिल्म ‘गाउँ आएको बाटो’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा पनि छनोट भएको छ । फिल्म विन्डो अन एसियन फिल्म अन्तर्गत छनौट भएको हो ।

नवीन सुब्बा निर्देशित फिल्मको आमोद राई कार्यकारी निर्माता हुन् । फिल्ममा दयाहाङ राई र पशुपति राईको मुख्य भूमिका छ । फिल्म टोरन्टोमा प्रिमियर हुन गइरहेको छ ।

त्यस्तै नेपाल र भारतको निर्माणमा रहेको सौरभ राई निर्देशित फिल्म ‘गुराँस’ पनि यही श्रेणीमा छनौट भएको हो । ‘गुराँस’ को भने चेक रिपब्लिकको कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो । रामकृष्ण पोखरेलको निर्माण रहेको फिल्मले फेस्टिभलमा  १० हजार अमेरिकी डलर पुरस्कार राशिको प्रोक्सिमा स्पेसल जुरी अवार्ड जितेको थियो ।

बुसानमा निरन्जन भेटवालको निर्देशन रहेको लघु चलचित्र ‘दि विटनेस ट्री’ पनि छनौट भएको छ ।

दक्षिण एसियामा प्रतिष्ठित मानिने बुसानको नयाँ संस्करण अक्टोबर ४ तारिखदेखि १३ तारिखसम्म चल्नेछ । बुसानको यो संस्करण ‘बिकज आई हेट कोरिया’को प्रदर्शनसँगै हुनेछ । बुसानले यो पटक हङकङ मुलका अभिनेता चाउ एन फ्याटलाई एसियन फिल्म मेकरको सम्मान दिदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप