आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अधिवेशन

लुम्बिनीमा एमालेको प्रारम्भिक नतिजा सार्वजनिक : २ सय मत गन्दा अध्यक्षमा रिजालले लिए अग्रता

मङ्गलबार, १९ भदौ २०८०, २१ : ०९
मङ्गलबार, १९ भदौ २०८०

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी नेतृत्वका लागि भएको निर्वाचन मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक २ सय मतगणना गर्दा अध्यक्षका उम्मेदवार हरि रिजालले अग्रता बनाएका छन् । रिजालले १०९ मत पाउदा राधाकृष्ण कँडेलले ८९ मत मात्र पाएका छन् । २० मतले रिजाल अघि छन् । 

मंगलबार भएको मतदानमा सहभगी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो ।

निर्वाचन आयुक्त भोजराज पोखरेलले प्रारम्भिक नतिजा आउन थालेपनि अन्तिम नतिजा भोलि बिहानसम्म आइसक्ने बताए । उनले नौ वटा टोली बनाएर मतगणना भइरहेको बताए । प्रत्येक सय मत गनेर सकेपछि परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप