आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अभिनेत्री गौरीले गाइन् तीज गीत ‘धिन ताका नाका धिन’

बुधबार, २० भदौ २०८०, १० : ३१
बुधबार, २० भदौ २०८०

काठमाडौँ । अभिनेत्री गौरी मल्ल गायिका पनि हुन् । बाल्यकालदेखि गायनमा सौखिन उनले वर्षौँ पहिले केही गीत गाएकी थिइन् । गायनमा भन्दा अभिनयमा बढी रुचाइएको कारण उनले अभिनयनै रोजिन् । 

गौरी फेरि गायनमा फर्किएकी छन् ।  स्वर शब्द र संगीतसमेत उनकै रहेको तीज गीत ‘धिन ताका नाका धिन’ मंगलबार एक कार्यक्रमकाबीच सार्वजनिक गरियो । गीत उनले १० वर्षपछि गायकी हुन् ।

गीतको भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा गौरीसँगै अभिनेत्री मिथिला शर्माको पनि अभिनय छ । गीत सार्वजनिक कार्यक्रममा केही उत्साहित र केही भावुक उनले गायिका रचना रिमालले गाउने तय भएको यो गीत उनले नभ्याएको कारण आफैले गाएको सुनाइन् ।

‘मलाई मनपर्ने गायिका रचना रिमाललाई यो गीत गाउन लगाउने कुरा थियो । तर, रचनाको व्यस्तताका कारण डिजे एलएक्स (एरेन्जर भाई) गीतअनुसार तपाईँले नै गाउँदा राम्रो हुन्छ भनेर आग्रह गरेपछि स्वर भरेकी हुँ’ गौरीले भनिन् ।

गौरीको बाल्यकालदेखि लेख्ने, पढ्ने र गाउने सोख थियो । अभिनय जीवन उनले बोनस मान्छिन् । अभिनयमा पारङ्गत मानिने गौरीले एक सय बढी नेपाली फिल्म अभिनय गरिसकेकी छन् । गीत सार्वजनिक कार्यक्रममा कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले नृत्य, गायन र अभिनय तीन वटै कलामा पोख्त रहेकाले गौरीलाई नाट्यश्वरीकी छोरी भन्दै तारिफ गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप