आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारी, तस्करी र सरकार सँगसँगै हुन सक्दैन : उपप्रधानमन्त्री श्रेष्ठ

बुधबार, २० भदौ २०८०, १४ : ००
बुधबार, २० भदौ २०८०

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, तस्करी, कालोबजारी सँगसँगै वर्तमान सरकार अगाडि जान नसक्ने बताएका छन् । सामूदायिक रेडियो माडीले बुधवार गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले तस्करीलाई कारबाही गर्ने सम्बन्धमा प्रश्न उठे पनि मूलभूत रूपमा कुनै सम्झौता नहुने जिकिर गरेका हुन् । 

‘भ्रष्टाचारी, तस्करी, कालोबजारीलाई कारबाही गर्ने सम्बन्धमा केही प्रश्न उठेका छन् । गृहमन्त्री वा सरकार कति टिक्छ भन्ने सवालमा पनि प्रश्न उठेको छ’, उनले भने, ‘तस्करी र सरकार सँगसँगै रहन सक्दैन । मूलभूत रूपमा सरकारले कसैसँग पनि सम्झौता गर्दैन । विभिन्न प्रकरणमा जोडिएका व्यक्तिहरूलाई सरकारले कारबाही गरेरै छोड्छ ।’

सामाजिक न्यायसहितको आर्थिक समृद्धि नभएसम्म प्राप्त उपलब्धिको रक्षा हुन नसक्ने उनले बताए । नागरिकलाई अनागरिक बनाएर विदेशमा पठाउने कार्यमा राज्यका पदाधिकारी तथा प्रशासनका अधिकारीहरूलाई कारबाहीको दायरामा ल्याइछाड्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप