आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

श्रीलंकाबाट गौरवान्वित भएर फर्किएँ : सभापति लामिछाने

बुधबार, २० भदौ २०८०, १४ : १८
बुधबार, २० भदौ २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) सभापति रवि लामिछानेले विश्वका दिग्गज खेलाडीहरुले नेपालको प्रशंसा गरेको गर्दाको आफू प्रत्यक्षदर्शी हुन पाएकोमा गर्व लागेको बताएका छन् । एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको प्रतिस्पर्धा हेर्न श्रीलंका पुगेका लामिछानेले बुधबार फर्कने क्रममा विमानस्थलमा आफू गौरवान्वित भएर फर्किएको बताए ।

लामिछानेले भने, ‘संसारभरका क्रिकेटका होनहार खेलाडीहरुले, समीक्षकहरुले नेपालको खेलको प्रशंसा गरे । त्यस्तो क्षणको प्रत्यक्षदर्शी हुन पाएकोमा गर्व लागेको छ ।’ उनले अघिल्लो पुस्ताले नै अहिलेजस्तो खेल्ने सपना देखोको भन्दै त्यो सपना यो पुस्ताले पूरा गरेको बताए ।

लामिछानेले खेलाडीहरूको मनोबल बढाउनको लागि नीतिगत रूपमा आफ्नो ठाउँबाट सक्ने सहयोग गर्ने बताए ।  उनले भने, ‘हामी हाम्रो परिधिभित्रबाट यसको विकासको लागि नीति निर्माणको तहमा छौं । हाम्रो तर्फबाट साथ छ । हामीले संसदमा पनि यो कुरा राख्छौं ।’ 

क्रिकेट रंगशाला बनाउन लाग्नुपर्ने लामिछानेको भनाइ छ । ‘क्रिकेट रंगशाला बनाउनै नसकिने हुनै नसक्ने कुरा होइन । तर, सरकार र सरकारवालाहरू त्यतिखेर मात्रै जाग्छन् जब खेलाडीहरूले राम्रो नतिजा ल्याउँछन्,’ उनले भने ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप