आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२८.९२ अंकले घट्दै सेयर बजार १९३२ को बिन्दुमा झर्‍यो

बिहीबार, २१ भदौ २०८०, १६ : ०३
बिहीबार, २१ भदौ २०८०

काठमाडौँ । लगातार गिरावटसँगै नेपालको सेयर बजार १९ सय ३२ विन्दुमा झर्न पुगेको छ । साताको अन्तिम कारोबार समेत रहेको बिहीबार नेप्से सूचक २८.९२ अंकले घट्दै १९ सय ३२.४५ को विन्दुमा झरेको हो । 

आज सेन्सेटिभ इन्डेक्स समेत ५.६५ अंकले घटेर ३७१.५८ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । 

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी आज हाइड्रोपावर समूहको उपसूचक २.५२ प्रतिशतले घटेको छ भने अन्य १२ वटा उपसूचकहरू १ देखि २ प्रतिशतले घटेका छन् । 

तथापि, शिवम् पावर लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने वाराही हाइड्रोपावर पब्लिक कम्पनीको सेयर मूल्य ९.७१ प्रतिशतले घट्न पुगेको छ । 

झन्डै २९ अंकले नेप्से घटेको यस दिन कूल १ अर्ब १५ करोड ९ लाख २० हजार रुपैयाँ बराबरको ३७ लाख ६९ हजार कित्ता सेयर किनबेच भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप