सभामुखको रुलिङ : कांग्रेस नेता यादवमाथिको आक्रमण र कान्ति अस्पतालको घटनाबारे जानकारी दिनु
बिहीबार, २१ भदौ २०८०, १६ : १८
काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा भएको पाँच वर्षीय बालिकाको मृत्युबारे यथार्थ संसदमा जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरुले दुवै घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गरेका थिए ।
त्यसपछि सभामुखले दुवै घटनाबारे सरकारलाई संसदमा जानकारी दिन रुलिङ गरेका हुन् ।