आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भेनिस प्रिमियरको पूर्वसन्ध्यामा ‘द रेड सुटेकस’को फस्टलुक सार्वजनिक

बिहीबार, २१ भदौ २०८०, १६ : ४५
बिहीबार, २१ भदौ २०८०

काठमाडौँ । भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलमा शुक्रबार प्रिमियर हुन लागेको फिल्म ‘द रेड सुटेकस’को फस्टलुक सार्वजनिक भएको छ । फिल्मले दुई मिनेट लामो भिडियो क्लिप फस्टलुकको रूपमा बाहिर ल्याएको हो । सार्वजनिक क्लिप्समा देश फर्कने र देश छाड्नेको नियतिलाई देखाउन खोजिएको छ । 

फिडेल देवकोटाको डेब्यू निर्देशनमा तयार भएको फिल्मले हलिउडको चर्चित पत्रिका भेराइटीमार्फत् फस्ट लुक सार्वजनिक गरेको हो । फिल्मका निर्देशक फिडेल देवकोटा र निर्माता रामकृष्ण पोखरेलको भनाइ उद्धृत गर्दै भेराइटीले फिल्ममा नेपाल र श्रीलंकाबीच दुर्लभ सहकार्य रहेको शीर्षकमा समाचार लेख्दै फिल्मको क्लिप सार्वजनिक गरिएको छ ।

फिडेल देवकोटाकै लेखनसमेत रहेको फिल्मले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट ट्रकमा सामान लिएर सुदूर गाउँमा जाने चालकको रहस्यमय कथा प्रस्तुत गर्छ । 

‘द रेड सुटेकस’ भेनिसको होराजेन्टे विधामा प्रतिस्पर्धा गरिरहेको छ । शुक्रबार यसको वर्ल्ड प्रिमियर हुँदैछ । वर्ल्ड प्रिमियरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, विपिन कार्की र सृष्टि श्रेष्ठ सहभागी हुँदैछन् । 

फिल्मलाई आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेल र शोभा थापाले निर्माण गरेका हुन् । फिल्मको सहनिर्माणमा श्रीलंकाका निर्माता विमुक्ति जयसुन्दरा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप