आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जी–२० मा स्पेनका प्रधानमन्त्री पनि सहभागी नहुने, सम्मेलनको यस्तो तयारी

शुक्रबार, २२ भदौ २०८०, १४ : १५
शुक्रबार, २२ भदौ २०८०

काठमाडौँ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि भारतमा आयोजना हुन लागेको जी–२० सम्मेलनमा भाग नलिने भएका छन् । कोरोना भएको पुष्टि भएपछि उनी भारत जाने कार्यक्रमलाई रद्द भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नो एक्समा लेखेका छन्, ‘यो मध्यानह्न मेरो कोरोना पोजिटभ आएको छ, त्यस कारणले म जी–२० को बैठकमा सहभागी हुन सक्दिन, यद्यपि मैले स्वास्थ महसुस गरिरहेको छुु ।’ उनले आफ्नो ठाउँमा उपप्रधानमन्त्री नादिया कालविनोलाई पठाउने भएका छन् ।

भारतमा हुन गइरहेको जी–२० मा भाग नलिने प्रधानमन्त्री सान्चेज तेस्रो व्यक्तिमा परेका छन् । यसअघि चीनका राष्ट्रपति सी चिन फिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि सम्मेलनमा सहभागी नहुने जनाइसकेका छन् ।

भारतले जी–२० का लागि तयारी पुरा गरेको जनाएको छ । भारतको अध्यक्षतामा पहिलो पटक जी–२० सम्मेलन हुँदैछ । विश्वलाई आफ्नो शक्ति देखाउनका लागि भारतले तयारीमा कुनै कसर बाँकी राखेको छैन ।

सुरक्षा व्यवस्थादेखि लिएर विदेशबाट आउने पाहुनाको स्वागतका लागि विशेष व्यवस्था गरिएको छ । विदेशी पाहुनालाई सुन र चाँदीको थालमा खाना खुवाउने व्यवस्था समेत गरिएको छ । सम्मेलनमा भाग लिन आउने पाहुनालाई विभिन्न २३ वटा होटेलमा राखिने जनाइएको छ ।

भारतको दिल्लीमा ३५ किलोमिटर वरपर सुरक्षा व्यवस्था निकै काडा पारिएको छ ।  त्यसका लागि ५० हजार भन्दा बढी सुरक्षाकर्मीलाई खटाइएको छ भने ४० हजार भन्दा बढी सीसी क्यामरा जडान गरिएको छ ।

शनिबारदेखि दिल्लीको प्रगति मैदानमा हुने यो सम्मेलनमा भाग लिन आउने विदेशी पाहुना बस्ने होटलको माथिको भागलाई नो फ्लाई जोन घोषणा गरिएको छ ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप