आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आर्थिक समृद्धि र सामाजिक–सांस्कृतिक रूपान्तरणका  लागि माओवादी केन्द्रका के–के छन् कार्यक्रम ?

शुक्रबार, २२ भदौ २०८०, १५ : ३३
शुक्रबार, २२ भदौ २०८०

काठमाडौँ । भदौ १६ देखि जनतासँग माओवादी रूपान्तरण विशेष तीन महिने अभियान चलाएको माओवादी केन्द्रले आर्थिक तथा सामाजिक–सामाजिक रूपान्तरणको कार्यक्रम तय गरेको छ । गत महिना काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकले रूपान्तरणका कार्यक्रमहरू तय गरेको हो । 

त्यसका लागि पार्टीका सबै तहका सदस्यहरूको संलग्नता र जनतासँगको सहकार्यमा स्थानीय स्रोतसाधन उपयोग, श्रम शक्तिको सदुपयोग,  प्रविधि र विकेन्द्रित पुँजीलाई केन्द्रित गरी उत्पादन सुरुवात गर्ने योजना पारित गरेको छ । 

के के छन् कार्यक्रम ? 

१. पार्टीका सबै तहका सदस्यहरूको संलग्नता र जनतासँगको सहकार्यमा स्थानीय स्रोतसाधनको उपयोग, श्रम शक्तिको सदुपयोग, विकसित प्रविधि र विकेन्द्रित पुँजीलाई केन्द्रित गरी स्थानीयस्तरबाट उत्पादनको कार्य गर्ने

२. उत्पादनका लागि कम्तीमा एक वडा एक सहकारी, एक टोल एक समूह, आवश्यकता अनुसार कम्पनीहरू समेत निर्माण गरी परिचालन गर्ने ।

३. कृषि, वन, पर्यटन, साना उद्योगमा आधारित रोजगारी सिर्जनाका कामहरू गर्ने ।

४. सरकारले आवश्यक प्रोत्साहन, सहजीकरण, बजारीकरणका साथै प्राविधिक सहयोग पुर्‍याउने ।

५. हरेक पार्टी सदस्य (नेतृत्वसहित) पुँजी वा श्रममार्फत कुनै न कुनै उत्पादन एवं आयआर्जनको कार्यमा अनिवार्य रूपमा जोडिने ।

६. स्थानीय पार्टी र सहकारी विभागको आयोजनामा सहकारीहरूको प्रभावकारी सञ्चालनका लागि तालिमको सञ्चालन गर्ने ।

७. स्थानीय किसानले उत्पादन गरेका वस्तुहरूको बजारीकरणका लागि संकलन केन्द्र निर्माणमा पहल गर्ने ।

८. स्थानीय सरकारसँगको सहकार्यमा बाँझो जमिन उपयोगको पहल गर्ने ।

९. उच्च मूल्यको कृषि उत्पादन गर्न विज्ञहरूको परामर्श लिने ।

१०. प्रांगारिक र प्राकृतिक उत्पादनका विधि अपनाउने ।

११. समाजमा विद्यमान शोषण, विभेद, हिंसा, अपहेलना, छुवाछूत र भ्रष्टाचारविरूद्ध जनचेतना अभिवृद्धि एवं जनताको खबरदारीका साथ मौलिक संस्कृति र सकारात्मक परम्पराको रक्षाका लागि सामाजिक सांस्कृतिक रूपान्तरण अभियान सञ्चालन गर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप