आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बजार

सातामा प्रतितोला २०० ले घट्यो सुनको मूल्य

शनिबार, २३ भदौ २०८०, १२ : ३४
शनिबार, २३ भदौ २०८०

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको जनाएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता २०० रुपैयाँले सुनको मूल्य घटेको जनाएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ थियो । यस्तै, उक्त मितीमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो । जुन यो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ छ ।

यस्तै, यो साता चाँदीको मूल्यमा समेत गिरावट आएको छ । गत शुक्रबारको तुलनामा चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले घटेको महासंघले जनाएको छ । यससँगै, यो साता चाँदीको मूल्य तोलामा १४ सय ५ रुपैयाँ कायम भएको छ । जुन, गत साताको शुक्रबार १४ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप