आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नयाँ आइफोन र घडीसहित सेप्टेम्बर १२ मा एप्पलले के–के ल्याउँदैछ ?

शनिबार, २३ भदौ २०८०, १३ : २०
शनिबार, २३ भदौ २०८०

काठमाडौँ । एप्पलले सेप्टेम्बर १२ मा वर्षको सबैभन्दा ठूलो कार्यक्रम प्रस्तुत गर्दैछ । यस कार्यक्रममा आईफोनसहित धेरै उत्पादनहरू लन्च गरिनेछ।  कार्यक्रमको नाम ‘वन्डरलस्ट’ राखिएको छ ।

यस कार्यक्रममा एक भन्दा बढी नयाँ उत्पादनहरू ल्याउने उच्च अपेक्षा छ। यस कार्यक्रमको हाइलाइट भनेको आइफोन १५  श्रृंखला हुनेछ । 

मिडिया रिपोर्टका अनुसार यसका दुई भेरियन्टहरूसँग आउन सक्छन्– भनिला आइफोन १५ र आइफोन १५ प्लस । यसबाहेक भेनिला मोडेलमा यूइसबी–सी चार्जिङ पोर्ट रहेको हल्ला छ । आइफोन १५  र १५ प्लसको कलर विकल्पहरूमा कालो, निलो, हरियो, गुलाबी र पहेँलोमा आउन सक्छन् ।

आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स एप्पलको प्रिमियम मोडल हुन सक्छन् । यो टाइटेनियम फ्रेमको साथ आउन सक्छ । यो चाँदी, कालो र नीलो रंगहरूमा आउन सक्ने बताइएको छ । यसमा द्रुत चार्जिङको विकल्प हुने बताइएको छ ।

आइफोन १५ प्रोको प्रारम्भिक मूल्य १ हजार ९९ डलर र आइफोन १५ प्रो म्याक्सको १ हजार २९९ डलर प्रारम्भिक मूल्य रहने उल्लेख छ ।

त्यस्तै कार्यक्रमा एप्पल वाचको सिरिज ९ पनि साझा गरिने बताइएको छ । यो एप्पल घडी एस ९ चिपसँग आउन सक्छ। यो नयाँ ए सिरिज चिपमा आधारित हुने बताइएको छ । जसले आगामी घडीको प्रदर्शनमा सुधार ल्याउन सक्छ। एप्पल वाचको सिरिज ९ दुई साइजमा आउनेछ– ४१ एमएम र 45 एमएम ।

त्यस्तै एप्पल वाच अल्ट्रा २ को डिजाइन यसको अघिल्लो घडी जस्तै रहेको बताइएको छ, जुन ४९ एमएम साइजमा आउन सक्छ। दोस्रो पुस्ताको अल्ट्रामा सिरिज ९ जस्तै चिप हुन सक्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप