आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुरेश र रचनाले ल्याए ‘अल्झिएको हुन्छु म’

आइतबार, २४ भदौ २०८०, ०७ : ३१
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । गायक सुरेश लामा र गायिका रचना रिमालको युगल गायनमा रहेको ‘अल्झिएको हुन्छु म’ बोलको गीत  सार्वजनिक भएको छ । रोमान्टिक शैलीको गीतमा शब्द विष्णुबाबु देवकोटा र सङ्गीत टिका दाहालको छ । गीतमा राहुल प्रधानको सङ्गीत संयोजन रहेको छ ।

भिडियोमा कैलाश न्यौपाने र क्रिष्टिना अनुबीचको प्रेम र रोमान्स देख्न सकिन्छ । कैलाश र क्रिष्टिनाले यसै भिडियो मार्फत मोडलिङमा  डेब्यु गरेका हुन् । अस्ट्रेलियाको विभिन्न रमणीय ठाउँहरूमा छायाङ्कन गरिएको गीतको भिडियोलाई सुरज पाण्डेले खिचेका हुन् । 

दिन्सन शाहको सम्पादन रहेको भिडियो भिम न्यौपानेले निर्देशन गरेका हुन् । बुद्ध ट्राभल एण्ड टुरको निर्माण सहयोग रहेको भिडियोलाई ‘बिजी इन्टरटेन्मेण्ट’ले सार्वजनिक गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप