आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्यो, चाँदीको कति ?

आइतबार, २४ भदौ २०८०, १० : ५४
आइतबार, २४ भदौ २०८०

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । गत शुक्रबार प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घट्दै १ लाख ११ हजार ९ सय रुपैयाँ कायम भएको हो । 

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रुपैयाँले नै घट्दै १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने गत शुक्रबारको तुलनामा तोलामा १० रुपैयाँले घट्दै आज १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप