आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कथालय इन्कले लियो भवानी भिक्षुका किताबको सर्वाधिकार

आइतबार, २४ भदौ २०८०, ११ : २९
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । कथालय इन्कले सुप्रसिद्ध लेखक भवानी भिक्षुका कथा, उपन्यास, कविता लगायतका कृतिको सम्पूर्ण अधिकार लिएको छ । कथालय इन्कले एक विज्ञप्ति जारी गरी लेखक भिक्षुका सम्पूर्ण किताबको सर्वाधिकार लिएको जानकारी दिएको हो ।

भिक्षुका सम्पूर्ण कृति कथालयकै विभाग वी रिड प्रकाशनबाट छाप्नेगरी उनका परिवारसँग सम्झौता भैसकेको कथालयका सह–संस्थापक तथा निर्देशक राजवीर जोशीले जानकारी दिए । भिक्षु जीवित हुँदासमेत उनका कृतिले पुर्नमुद्रणको अवसर नपाएको र हाल बजारमा अभाव रहकोले क्रमशः सबै पुस्तक प्रकाशन गर्दै लैजाने योजना रहेको जोशीले बताए ।  

Pipe no2_Press Release_Desing

‘यही सिलसिलामा लोकप्रिय उपन्यास ‘पाइप नं. २’ प्रकाशनमा ल्याइसकेका छौं’, उनले भने, ‘भिक्षुका किताब पुरानो समाजका तस्बिर हुन्, जो बजारमा दुर्लभ छन् । नेपाली साहित्यलाई महत्वपूर्ण योगदान गरेका लेखकलाई नयाँ पुस्ताले पनि पढुन् भन्ने हाम्रो अपेक्षा हो ।’ पाइप नं. २ पहिलोपटक २०३४ सालमा साझा प्रकाशनबाट प्रकाशित भएको थियो । 

अवधि मातृभाषा भएका र हिन्दी संस्कृतमा शिक्षा दीक्षा पाएका भिक्षुका रचना विषयवस्तु र शैलीका हिसाबले मात्र होइन, भाषिक सौष्ठबका हिसाबले पनि महत्वपूर्ण छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप