आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल महिला चेम्बरको आयोजनामा तीज मेला सम्पन्न

आइतबार, २४ भदौ २०८०, ११ : ३९
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स अन्तर्गत गठित नेपाल महिला चेम्बरद्वारा तीजलाई लक्षित गरी 'ट्रेड सो तीज स्पेसल २०२३'  को आयोजना गरिएको छ । नेपाली महिला उद्यमीहरूद्वारा उत्पादन गरिएका विविध सामाग्रीहरूको प्रदर्शन तथा बिक्री प्रवर्द्धनमा महिला उद्यमशीलताको विकास गर्ने हेतुले आयोजना गरिएको उक्त मेलाको समुद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गरेका थिए । 

उद्घाटन मन्तव्यमा अध्यक्ष मल्लले नेपाल महिला चेम्बर महिलाहरूको सर्वागिंण विकासको लागि स्थापना गरिएको र यस मेलाले महिलाहरूको उद्यमशीलताको विकास तथा सामाजिक, सांस्कृतिक तथा आर्थिक क्रियाकलापहरूमा महिलाहरूको सहभागितामा वृद्धि हुने आशा व्यक्त गरे । 

महिलाहरू आर्थिक रूपमा सशक्त भएमा मात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्ने भन्दै अध्यक्ष मल्लले यस किसिमको रचनात्मक कार्यको लागि नेपाल महिला चेम्बरलाई धन्यवाद व्यक्त गरे । 

सो अवसरमा लोकप्रिय गायिका रेखा शाह, नारी पत्रिकाका सम्पादक लक्ष्मी भण्डारीलगायत चेम्बरका वरिष्ठ उपाध्यक्ष  कमलेश कुमार अग्रवाल,  दीपक मल्होत्रा तथा दीपक श्रेष्ठले मेलाको सफलताको कामना गर्दै शुभकामना मन्तव्य दिएका थिए । 

नेपाल महिला चेम्बरका महासचिव तथा मेला संयोजक लिमा अधिकारीले मेलामा २५ जना महिला उद्यमीहरु सहभागिता रहेको उक्त एक दिने मेलामा साङ्गीतिक कार्यक्रम, फेसन सो नृत्य लगायतका कार्यक्रम समावेश गरिएकाे थियो । 

teej 202311

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप